४ असार २०८१, सोमबार
Follow Us

कलाकार ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार ०६:३०

काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको हो ।

वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्। पक्राउ पर्नेमध्ये एक जना ‘बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ।

पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।